इरानी राष्ट्रपति इब्राहिम रायसीको अवस्था अज्ञात

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए । तेहरान टाइम्सले हेलिकप्टर दुर्घटनाग्रस्त भनिएको ठाउमा सेनाको टोली केहीबेर अघि मात्र पुगेको र हेलिकप्टरको खोजी सुरु गरेको उल्लेख गरेको छ ।

कुहिरो लागेको, पहाडी क्षेत्र भएको र अध्यारो भएका कारण हेलिकप्टर खोजी कार्यमा समस्या भएको इरानका मिडियाले उल्लेख गरेका छन् । घटनाको जानकारी पाएको करिब पाँच घण्टाभन्दा बढी हुदा पनि उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन । यस क्षेत्रमा जम्मा ४० उद्धार टोली खटाइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर