प्रधानमन्त्रीको विश्वासको मत रोक्न उपेन्द्र यादव सर्वोच्च अदालतमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघिको सर्वोच्च अदालतको आदेशमुताबिक प्रधानमन्त्रीलाई विश्वासको मतको प्रक्रिया (कार्यसूची) रोक्न आइतबार रिट दायर गरेका छन् । यसअघि सर्वोच्च अदालतले जपसा विभाजन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दाको किनार नलागेसम्म यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेको थियो ।

प्रतिनिधिसभाको भोलि सोमबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ । जसपा नेपालबाट चोइटिएको भनेको अशोक राई समूहका ७ सदस्यले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतदानमा मतदिने सम्भावना भएकाले उक्त प्रक्रिया रोक्न उपेन्द्र यादव सर्वोच्च पुगेका हुन् ।

यससम्बन्धमा सर्वोच्च अदालतका प्रवक्ता गोविन्दप्रसाद घिमिरेले भने, ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको तर्फबाट रिट परेको छ । सोमबारका लागि पेसी छ ।’ जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण नै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर