भ्रष्टाचारका फाइल खोलेर देखाउन गगन थापाको रविलाई चुनौती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई नधम्क्याइकन जुनसुकैै भ्रष्टाचारका फाइल खोल्न खुला चुनौती दिएका छन् । संसद् भवनको ल्होत्से हलमा आक्ष्तबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै थापाले फाइल खोलौँ, खोलौँ भन्दै नधम्क्याई फाइल खोलेर देखाउन चुनौती दिएका हुन्।

त्यसअघि संसद् बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूको नामै किटेर भ्रष्टाचारका फाइल खोल्नपर्ने हो ? भन्दै प्रश्न गरेका थिए। त्यसैको जवाफमा थापाले भने, ‘फाइल खोलौँ, खोलौँ भनेर धम्काउने होइन के, छानबिन गरौँ, गरौँ भन्ने होइन, छानबिन गरेर देखाए हुन्छ”, उनले भने, ‘म महामन्त्री यहीँ छु, उपसभापति धनराज गुरुङ यहीँ हुनुहुन्छ। सबै छानबिन गर्नुस्, नधम्क्याउनुस्, नतर्साउनुस्।’ उनले संसदीय छानबिन समितिबाट नडराउन पनि गहमन्त्रीलाई सुझाए । थापाले पत्रकार सम्मेलनमा गृहमन्त्री सहकारी ठगीमा संलग्न रहेको प्रमाणका कपि पनि सञ्चारकर्मीहरूलाई देखाएका थिए । सहकारी ठगी प्रकरणमा संसदीय समिति नबने भोलि (सोमबार) प्रधानमन्त्रीले विश्वासको मत लिने संसदको कार्यसूची अघि बढ्न नदिने थापाले यसअघि उल्लेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर