कांग्रेसलाई झारा टार्ने समिति मान्य छैन : नेता लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारीपूर्ण रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ । संसद भवनपरिसरमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोपित उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए । उनले संसदीय समितिको नाममा झारा टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको बताए ।

उनले भने,  “समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने कुरा पनि उल्लेख गरेर जाने, जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोगबारे पनि उल्लेख गर्न भनेपनि सत्तापक्ष विषयकेन्द्रित हुन मानेनन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर