छानबिन समितिको कार्याधिकारमा विवाद, संसद बैठक अनिश्चित

काठमाडौं । संसदीय छानबिन समिति बनाउन कार्याधिकार निर्माण गर्न बनेको कार्यदलमा सहमति नजुटेपछि संसदको बैठक अनिश्चित बनेको छ । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा संसदीय छानबिन समिति बनाउने सहमतिमा दलहरू पुगे पनि कार्याकारबारे सहमति नबनेपछि कार्यदलको बैठक फेरि बस्ने भन्दै बिनानिष्कर्ष सकिएको छ । यसले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अनिश्चित बनेको छ ।

क्षेत्राधिकार टुंगो लगाउन बिहानदेखि दिउँसो ३ बजेसम्म सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहमति जुट्न नसकेको कार्यदल संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए । कांग्रेसले समय माग गरेपछि अहिले बैठक स्थगित भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर