गौशालामा बालेनको डोजर : अतिक्रमित संरचना ध्वस्त

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले चार वटा डोजरसहित आइतबार बिहानैदेखि उक्त क्षेत्रका अवैध संरचनाहरू भत्काउन थालेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यसअघि नै सूचना जारी गरिएअनुसार अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालिएको जानकारी दिए । सूचना गर्दा नभत्काइएका घर टहरमा डोजर लगाइएको उनले जानकारी दिए । चावहिल चोकबाट गौशालातर्फ आउने सडक किनारमा अतिक्रम गरी बनाइएका घर तथा पसलहरूमा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन डोजर चलाउँदा उक्त क्षेत्रको सवारी जाम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर