संसदीय छानबिन समितिको कार्याधिकार तोक्न घनीभूत छलफल

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबिच कार्याधिकार (टिओआर) मा सहमतिनजिक पुगेका छन् । छलफलमा जुछेका विपक्षी दलका एक नेता अनुसार रवि लामिछाने मुछिएको सूर्यदर्शन, सुप्रिमसहितका सहकारीको छानबिन गर्ने तर लामिछानेको नाम उल्लेख नगर्ने गरी सहमति हुन लागेको छ ।

कानून मन्त्रालयमा बसेको कार्यदलको छलफलमा मोटामोटी ड्राफ्ट तयार भएपछि कांग्रेस भने आन्तरिक छलफलमा जुटेको छ । कार्यदलमा रहेका सदस्यलाई बोलाएर कांग्रेसले छलफल गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकनिकटकाले पनि टिओआरमा दलहरू सहमतिनजिक पुगेको जानकारी दिएको छ ।
यसैगरी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन समिति गठनको लागि दलहरू सहमतिनजिक पुगेको जानकारी दिए । ‘हिजो सरकारसँग समिति बनाउने सहमति भयो । आज कार्यदलको बैठक बस्यो । सहमतिको नजिक पुगेका छौं । आज बेलुकासम्म हामी टुंगोमा पुग्न सक्छौं’, बर्तौलाले भने । कार्यदलले छानबिनका समितिको कार्याधिकार (टिओआर) बनाएपछि मात्रै संसदको बैठक राख्ने तयारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर