छापावाल सुन प्रति तोलामा १६ सय वृद्धि

काठमाडौं । साताको पहिलो दिन आज आइतबार छापावाल सुन तोलामा एक हजार ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकोमा आज भने एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार ६ सय ५० मा कारोबार भएकोमा आज एक लाख ४० हजार दुई सय पुगेको छ ।
प्रतिक्रिया