रोयल च्यालेन्जर्स बेंङलोर प्लेअफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नाई सुपर किङ्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंङलोरले प्लेअफमा स्थान बनाएको छ । चेन्नाईमाथि २७ रनको जितसँगै बेङलोर प्लेअफमा पुगेको हो । उनको प्लेअफ समीकरण पनि पूरा भएको छ । पहिलो ८ खेलमा १ खेल मात्र जितेको बेङलोर त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको चौथो स्थानमा रहन सफल भएको छ । बेङलोरले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो ।

त्यसअघि बेङलोरले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।राउण्ड रोबिन चरणमा कोलकाता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् । हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ । १९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ । आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकातासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर