सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौं । सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार अबेरसम्म बसेको सत्तारुढ ‍दल र कांग्रेसका नेताहरूबिचको बैठकले छानबिन समिति बनाउने विषयमा सहमति जुटेको बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
”सहकारी ठगी प्रकरणमा समिति गठनमा सत्तापक्ष र प्रतिपक्षीबिच सहमति बनेको छ । त्यसको क्षेत्राधिकार, टिओआर (टर्म अफ रिफ्रेरेन्स) हुने भन्ने विषयमा दलहरुबिच छलफल हुनेछ र त्यसका लागि कार्यदल बनाइएको छ”, लेखकले सञ्चारकर्मीहरूसँग भने ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच समिति गठन गर्ने सहमति भएसँगै सदनको अवरोध हट्ने भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिँदा बैठकसमेत प्रभावित हुँदै आएका छन् ।(तस्बिरःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर