भोलिसम्म सदनको अवरोध हट्छ :​ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे ।
“प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ, प्रधानमन्त्री प्रचण्डले भने, “भोलिसम्म सदनको अवरोध हट्ने छ ।” यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वास प्राप्त हुनेमा आफू ढुक्क रहेको बताए । “विश्वासको मत प्राप्त हुनेमा कुनै द्विविधा छैन, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर