निर्वाचन प्रणाली सुधार्न कांग्रेस-एमाले एक ठाउँमा उभिनुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढिरहेको बताएका छन् । राजधानीमा शनिबार अयोजित एक कार्यक्रममा उनले भने ,‘राजनीतिक स्थायित्व कायम भएपछि आर्थिक विकास आफैं हुन्छ।’ उनले भने ,‘राजनीतिक स्थायित्व भएपछि सुशासन कायम हुन्छ। पारदर्शिता कायम हुन्छ।’ उनले निर्वाचन प्रणाली सुधार नभएसम्म कुनै दलको बहुमत नआउने दाबी गरे। ‘देश यसैगरी चल्यो भने भयावह अवस्था आउँछ। तसर्थ संविधानबाट निर्वाचन प्रणाली गर्न र अरू केही संशोधन गर्न दुई दल मिल्नै पर्ने आवश्यकता छ। समुन्नत नेपाल, समृद्ध नेपाल बनाउन हामी सक्छौं’, उनले भने ,‘राजनीतिक स्थायित्व दिन कांग्रेस=एमाले एक ठाउँमा उभिनैपर्छ।’

उनले भने, ‘हामीले बोल्न नदिएको होइन रवीजीलाई, बोल्नुस् भनेको हौं। तर, तपाईंले बोल्ने तपाईंको कुरामा चित्त बुझे हामी बस्छौं होइन भने तपाईंले बोलेको कुरामा खण्डन गर्छौँ भन्दा स्वीकार्य भएन। राजीनामा हामी भन्दैनौं उहाँ सरकारमा नभएको भए त्यो पनि गृहमन्त्री नभएको भए केही पनि गर्दैन्थ्यौं होला। उहाँलाई अहिले जुन कुराको आरोप लागेको छ, त्यो कुरा होइन भनेर पुष्टि गरिदिनुपर्‍यो। त्यो कुरा पुष्टि गर्नको लागि उपप्रधान तथा गृहमन्त्री त भइरहनुहोस्, तर, गृहमन्त्रालयमा त बस्नु भएन नि। गृहमन्त्रालयमा बसेर सिआइबीले कसरी छानविन गर्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर