रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नेमा कांग्रेस आशावादी

काठमाडौं । नेपाली कांग्रेस पार्टीे गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति बन्ने कुरामा आशावादी बन्दै गएका छन् । कांग्रेसको यो आशावादिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज शनिबार बिहान भएको भेटवार्ता भएपछि पलाएको हो । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार छानबिन समिति बनाउन प्रधानमन्त्री तयार देखिनु भएको छ । उनले आज प्रधानमन्त्रीसँग भएको कुराकानीको विरण सुनायँदै भने, “प्रधानमन्त्रीजी समिति बनाउन तयार हुनुर्भको विषयलाई लिएर हामी सकारात्मक छौं । अब साँझसम्म केही होला । हामी पनि आन्तरिक छलफल पनि गर्छौं, तर छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख गर्ने तहसम्म कुरा अघि बढिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर