लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ । गए राति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन मात्रै बनाउन सक्यो । उसका रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । उसका निकोलस पुरनले ७५ र केएल राहुलले ५५ रन बनाए । जितसँगै लखनउको १४ खेलमा १४ अङ्क भएको छ । लखनउ तालिकाको छैठौँ स्थानमा छ । मुम्बई १४ खेलमा ८ अङ्कका साथ पुछारमा रह्यो । आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर