प्रतिपक्षी दलसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए । उनका अनुसार शनिबार बिहान प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ । भेटघाटमा संसदको गतिरोधका सम्बन्धमा सघन छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर