द्रुतमार्गको लेनडाँडाको सुरुङ ब्रेक थ्रु

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडाको सुरुङ ब्रेक थ्रु भएको छ ।

आयोजनाको प्याकेज नं. २ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो । त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

द्रूतमार्गमा छ वटा सुरुङ र ८९ वटा पुल हुनेछ । उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ । करिब ७०।९७७ किमी लम्बाईको द्रुतमार्ग पहाडी भू(भागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ । आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर