प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने छ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेको छ । यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्ष दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि सारिएको थियो । तर दिउँसो ३ बजेसम्म पनि बैठक बस्न सकेन । बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेको आदेशमा संसद् सचिवालयले सूचना प्रकाशन गरेर आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर