कांग्रेस उपसभापति गुरुङले असभ्य व्यवहार देखायो : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको आरोप लगाएका छन् प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनले टिप्पणी गरे । हिजो बैठकमा ओली स्वयंले गृहमन्त्री रवि लामिछानेलाई बोल्न जान दिनुपर्ने भन्दै आफ्नो स्थानबाट गृहमन्त्री बसेको ठाउँमा जान लाग्दा गुरुङ र ओलीबिच मुखामुख भएको थियो । त्यहीबेला एमालेर कांग्रेसका सांसदहरुबिच धकमधक्का भएको थियो ।
अध्यक्ष ओलीले शुक्रबार सो बारेमा संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै का.ग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए । उनले कांग्रेस सांसदहरूले अपशब्द प्रयोग गरेको पनि बताए ।

उनले भने, ‘भिडन्त भएन, का.ग्रेसहरूले उत्ताउलो पन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर