राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठक पनि सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध भएको छ। बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई आआफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। कांग्रेस सांसदले विरोध जारी राखेपछि अध्यक्ष दाहालले बैठक स्थगन गरे । राष्ट्रियसभाको अर्को बैठक जेठ ६ गते दिउँसो १ः१५ बजे बस्नेछ।

सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले संसदीय छानबिनको माग गर्दै आएको छ। संसदीय छानबिन समिति गठनमा सत्तारूढ दल र विपक्षी दलबीच सहमति नहुँदा संसद् अवरुद्ध हुँदै आएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर