संसदका विपक्षी दलहरू एकजुट पार्दै सभापति देउवा

काठमाडौं । प्रतिनिधिसभामा रहेका विपक्षी दलहरू एकजुट पार्न नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा लागेका छन् । संसदको आगामी बैठकमा विपक्षी दलहरूको तर्फबाट केकस्ता रणनीति अख्तियार गर्न सकिन्छ भन्ने सन्दर्भमा विपक्षी दलको संयुक्त बैठक देउवाले बोलाएका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले बैठक जारी रहेको बताए । संघीय सदनमा भइरहेको संघर्ष र सहकारीमा भइरहेको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठनबारेमा केन्द्रित भएर विपक्षी दलहरूबिच छलफल हुने उनले जानकारी दिए । बैठकमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र जनमोर्चाको सहभागिता रहको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर