प्रतिनिधिसभाका सभामुख निष्पक्ष र तटस्थ नभएको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय मर्यादाअनुरूप बैठक सञ्चालनमा तटस्थताको भूमिका निर्वाह नगरेको दोषारोपण गरेको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सभामुखले पनि तटस्थता कायम गर्न नसकेको कांग्रेस संसदीय दलको निष्कर्ष रहेको बताए । उनले यससम्बन्धमा सभामुख घिमिरेलाई ध्यानाकर्षण गराउने बताउँदै सहकारी ठगीमा संलग्नलाई बचाउन सरकार नै उद्यत भएको आरोपसमेत लगाए ।
‘संसदीय मूल्य र मान्यतामा विपक्षी दल उभियो भने पनि संसद् अवरोध मानिन्छ । एकजना मात्रै माननीय उभिए पनि अवरोध मानिन्छ है भन्ने मान्यता स्थापित छ । विपक्षीसहित सबै विपक्षमा रहेका दलका सांसदहरु उभिएका बेला संसद् सञ्चालन उचित थिएन’, उनले भने, ‘सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो । सभामुख निर्वाचित भएपछि संलग्नता स्थगित गर्नुपर्छ । सभामुखलाई तटस्थता र निष्पक्षतासहित बैठक सञ्चालन गर्न आह्वान गरेका छौँ । ‘सहकारी ठगीलाई बचाउन सरकार लागेको छ,’ सचेतक लेखकले भने, ‘सरकारलाई चेतावनी दिएका छौँ- यस्तो ठगी बचाउने काम सरकारले नगरोस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर