नेपालले अमेरिका र क्यानडाविरुद्ध वार्मअप खेल खेल्दै

काठमाडौं ।  नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्मअप खेल खेल्दैछ । आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्मअप खेलको तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार नेपालले मे २७ मा क्यानडाविरुद्ध खेल्नेछ भने मे ३० मा अमेरिकाको सामना गर्नेछ । नेपालले दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ ।

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध दोस्रो अभ्यास खेल खेलिसकेको छ भने तेस्रो खेल बाँकी छ । मे १८ मा सेन्ट भिन्सेन्टमा अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । मे २२ र २३ मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । जेठ २२ गते नेपालले नेदरल्याण्डसँगै खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर