जेठ ७ गते विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते सोमबारका दिन प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । उनले सो प्रयोजनका लागि प्रतिनिधिसभाको सचिवालयमा खबुर गरिसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले गत वैशाख ३१ गते सरकारलाई दिइआएको समर्थन फिर्ता लिइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर