स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जितको छ । स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित भएको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गराए । जितसँगै यो सिजन बार्सिलोना दोस्रो स्थानमा रहने सुनिश्चित भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाटै तेस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक छ । पराजित अल्मेरिया १७ अंकसहित पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर