रास्वपाको माग : “शेरबहादुर, आरजु र जयवीरको सम्पत्ति छानबिन गर”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह-प्रवक्ता एवं सांसद मनीष झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पत्नी आरजु देउवा राणा र छोरा जयवीर देउवाको सम्पत्ति छानबिन नभएसम्म हाम्रा सभापति रवि लामिछानेमाथि छानबिन समिति गठन हुनुपर्छ भन्ने कुराको ठाडो अस्वीकार गरेका छन् ।
प्रतिनिधिसभाको हिजोको बैठक समाप्त भएको घोषणापछि बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीहरूसँग भने, “हामी समिति मान्छौं । तर जुन हलमा हामीलाई सहकारी ठग भन्नुभएको छ । यही जवाफ दिन दिनुस् भनेका छौं । चारवटा मात्रै होइन, सबै सहकारीको छानबिन गरौं भनेका छौं । हाम्रा यत्ति दुई शर्त मान्दा छानबिन समिति बनाउन हामी तयार छौं,’ उनले भने, ‘हाम्रा सबै सांसद सभापति (रवि लामिछाने) माथि छानबिन गर भन्न तयार छन् । के कांग्रेसका सांसदहरू आफ्ना सभापति, उहाँकी पत्नी र छोराको सम्पत्ति छानबिन गर्न फाइल खोल्न तयार हुनुहुन्छ ? कांग्रेसका सभापतिको फाइल खोल्न तयार भएपछि मात्रै अब सहकारीको विषयमा छानबिन समिति बन्न सक्छ । अन्यथा छानबिन समिति बन्दैन ।

(सांसद मनीष झा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर