संसदमा सहकारी ठगलाई जोगाउनुपर्छ भन्ने पक्ष देखियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज बिहीबार प्रतिनिधिसभाको बैठकमा सत्तापक्षबाट जे–जस्ता विशेष गरेर एमालेको हर्कत देखियो त्यसले एउटा सहकारीका ठगलाई जोगाउनुपर्छ भन्ने पक्ष देखिएको टिप्पणी गरेका छन् । संघीय संसद्को ल्होत्से हलमा बिहीबार साँझ आयोजत पत्रकार सम्मेलनमा थापाले उक्त टिप्पणी गरेका हुन् । संसदमा उनको गम्भीर टिप्पणी छ, “संसदमा अहिले दुई पक्ष रहेको छ । एउटा सहकारी ठग जोगाउनपर्छ भन्ने पक्ष र अर्को सहकारी ठगलाई कारबाही गर्नुपर्छ भन्ने पक्ष देखिएको छ ।”
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नैपर्ने र सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर दूधको दूध, पानीको पानी छुट्याउनुपर्ने थापाको भनाइ छ। “संसदीय छानबिन समिति गठन गरौं, यसमा देशलाई अड्काएर नराखौं भनेर हामीले भनिरहेका छौं। किनभने सहकारीका बचतकर्ताहरू आत्तिइरहेका छन्। बचत फिर्ता पाउँछु कि पाउँदिनँ भन्ने अवस्था छ”, थापाले भने। सहकारी ठगलाई संरक्षण गर्ने पक्षमा उभिने कि कारबाही गर्ने पक्षमा लिएर जाने भन्ने कुरा सदनभित्र भएका राजनीतिक दलले सोच्ने र निर्णय गर्ने कुरा भएको उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर