संसदीय गतिरोध अन्त्य गर्ने प्रयास विफल

काठमाडौं । संसदीय छानबिन समिति बनाएर गतिरोध अन्त्य गर्ने राजनीतिक दलहरूको प्रयासले शिहीबार साँझसम्म आकार ग्रहण सकेको छैन । जसको फस्वरूप नेपाली कांग्रेसले संसदको बैठकमा अवरोध जारी राख्ने भएको छ । आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो । तर बैठक अहिलेसम्म बस्न सकेको छैन । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर