राष्ट्रियसभामा कांग्रेसको विरोध : बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ । बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेछ । बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए।

कांग्रेसले विरोध जनाएसँगै राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बैठक शुक्रबारसम्मका लागि स्थगित गरे । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महसुस भएको बताए । उनले राष्ट्रियसभामा विरोध गर्ने कुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको बताए । अध्यक्ष दाहालले सभाको बैठकलाई सहज रूपमा अघि बढाउनका लागि कांग्रेसलाई भूमिका खेल्न पनि आग्रह पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर