विरोधकाबिच मुख्यमन्त्री सोडारीले विश्वासको मत पाए

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि बिहीबार उनले पेस गरेको प्रस्तावको पक्षमा २८ र विपक्षमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेशसभा सदस्यले सहभागी भएको थियो ।

नेकपा एकीकृत समाजवादी पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना सदस्यले विरोध जनाएको थियो । विरोधसँगै मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर