सत्ता घटक नेकपा एस सहकारी छानबिन समिति गठनको पक्षमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभएर अड्डी सलइरहेको समयमा सत्तारुढकै एक घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको छ ।
केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्नका लागि आज आयोजित पत्रकार सम्मेलनमा नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्रीसमेत संलग्न भएको कुरा बाहिर आउनु दुःखद भएको उल्लेख गरेको छ ।

कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धन दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यससम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’ केन्द्रीय कमिटीको बैठकले निर्णय गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर