सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको अवरोधपछि बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेशसभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भनी बोलाइएको प्रदेशसभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेशसभा बैठक सञ्चालन गर्न खोजेको भन्दै प्रदेशसभामा अवरोध गरेर नाराबाजी गरेका थिए । कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर