गिरीबन्धु टि–इस्टेस : कांग्रेस एमालेबिच आरोप–प्रत्यारोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री कांग्रेसका पालामा नभएको दाबी गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा सभापति देउवाले नेकपा एमालेको सरकारका पालामा गिरीबन्धुबारे निर्णय भएको दोष लगाए ।
‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टि–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ,’ देउवाले भने, ‘कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ।’

हिजो ओलीले आफ्नो संसदीय दलको बैठकमा भने थिएः ‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विगाह, एक पटक १९ विगाह कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर