प्रतिनिधिसभाको बैठक ढिलो सुरु गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरी कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले संसद बैठक केही समय ढिला गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले आजको संसद बैठकमा गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण भइरहेको समेत सभामुखलाई जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, अझै बैठक सुरु हुन सकेको छैन ।

सभामुखले कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर