छापावाल सुन प्रतितोलाको १ लाख ४० हजार पुग्यो

काठमाडौं । आज बिहीबार छापावाल सुन प्रतितोलामा १६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ४० हजार पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । यस्तै तेजाबी सुनको मूल्यमा पनि छापावालसरह १६ सय रुपैयाँ बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ६० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आजका दिन चाँदी तोलाको १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर