आइपिएल क्रिकेट : पञ्जाबले राजस्थानलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ। राजस्थानले प्लेअफमा स्थान पक्का गरे पनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ। आइपिएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ। अब शीर्ष २ मा रहनका लागि राजस्थानले अन्तिम खेल जित्नुपर्छ। यस्तोमा १८ अंक हुनेछ, तर सनराइजर्स हैदरावादसँग पनि दुई खेल बाँकी रहँदा १८ अंक पुग्ने मौका छ र यसको नेट रनरेट पनि राम्रो छ। यस्तो अवस्थामा शीर्ष २ मा पुग्न राजस्थानले आफ्नो जितसँगै हैदरावादको हारमा भर पर्नु पर्नेछ।

बुधबार राति गुवाहाटीमा भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ। पहिले खेल्दै राजस्थानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा पञ्जाबले १८।५ ओभरमा १४५र५ रन बनाएर लक्ष्य पूरा गर्‍यो । यो सिजनमा पञ्जाबको पाँचौं जित हो र टोली १० अंकसहित अंक तालिकाको नवौं स्थानमा पुगेको छ। योसँगै राजस्थान अझै दोस्रो स्थानमा छ तर शीर्ष २ मा रहेको लिग चरणमा पुग्ने उसको आशामा धक्का लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर