म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई  हरायो

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई  हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई  ३ –२  ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोवीई माईनो, अमद डायल्लोर रशमस हजलण्डले समान एक एक गोल गरे । यस्तै न्युक्यासलका एन्टोनी गोर्डन र लेवीस हलले एक एक गोल गरे । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३७ खेलमा ५७ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ  । समान खेल र समान अङ्क रहेको न्युक्यासल सातौँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनलाई २ – १ को अन्तरले हरायो । चेल्सीका कोल पाल्मर र क्रिष्टोफर नकुन्कुले एक एक गोल गरे । उसका रेके जेम्सले रातो कार्ड पाएका थिए । यसैगरी ब्राइटनका ड्यानी वेलबेकले खेलको अन्तिम समयमा एक गोल फर्काउन सके । प्रिमियर लिगमा ३७ खेलमा ६० अङ्क रहेको चेल्सी छैटौँ स्थानमा छ । र ३७ खेलमा ४८ अङ्क रहेको ब्राइटन १० औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर