क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्‍यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिए ।

उच्च अदालत पाटनले बुधबार गरेको फैसलाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो । अध्यक्ष चन्दले सार्वजनिक गरेको विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा गरिएको निलम्बन फुकुवा भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर