सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला बदर

काठमाडौं । बलात्कार आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरिदिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

“काठमाडौं जिल्ला अदालतको फैसला बदर भएको छ । सन्दीपले सफाइ पाएका छन्,” प्रवक्ता पराजुलीले भने । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा सन्दीपलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानासहित थप दुई लाख क्षतिपूर्ति हुने फैसला भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर