सुन प्रतितोलामा १ हजार रुपैयाँ वृद्धि

काठमाडौं । आज बुधबार छापावाल सुनको मूल्यमा वृद्धि भएको छ । हिजो मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । चाँदी तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर