कांग्रेसको अवरोधले गर्दा धन्यवादको प्रस्ताव टेबुल हुन सकेन

काठमाडौं । राष्ट्रपतिद्वारा सरकारी नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा वाचन गरिसकेपछिको अन्य कारवाहीमा नेपाली कांग्रेसले अवरोध पुर्‍याएको छ । कांग्रेसको अवरोधका कारण मंगलबार साँझ बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा धन्यवादको प्रस्ताव अर्थात् सरकारी नीति तथा कार्यक्रम टेबुल गर्न पाएन ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्को कामकारवाही अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ना साथ कांग्रेसका सांसदहरू बेल घेर्न गएका थिए । कांग्रेस सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरेका थिए । कांग्रेसको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ ३ गतेसम्मका लागि स्थगित गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने बताए । ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौं । संसदीय छानबिन समिति नबन्दासम्म अब कुनै सरकारी प्रस्तावमा हामी प्रवेश गर्न दिँदैनौं,’ लेखकले भने, ‘संसद् अवरोध गर्छौं । सरकारी कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर