जीवी राईको वैदेशिक यात्रा रोक्न पासपोर्ट रद्द गर्न पत्राचार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले जीवी राई भन्ने गितेन्द्रबावु राईको पासपोर्ट रद्द गर्न सरकारलाइृ पत्राचार गरेको छ । राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन् । कास्की प्रहरीले हालै काठमाडौंस्थित राहदानी विभागलाई पत्राचार गर्दै राईको राहदानी कानुनबमोजिम रद्द गर्न अनुरोध गरेको छ ।

राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड कर्नर नोटिश जारी भइसकेको छ। तर राई नेपालमा नभएर फरार अवस्थामा रहेको भनिन्छ उनी मेलेसियामा बस्छन् । तर यसको पनि पुष्टि हुन सकेको छैन । राई सम्बन्धमा गृहमन्त्री रवि लामिछानेले बोलेका कुरामा आधारभूत तत्व नभएको सुरक्षा अधिकारीहरूको भनाइ रहेको छ । राईले लिएको नेपाली राहदानी सरकारले रद्द गरेको खण्डमा उनको अन्तर वैदेशिक यात्रामा विश्राम लाग्नेछ । सुरक्षाविज्ञहरू भन्छन्, राईको राहदानी रद्द गर्न मन्त्रिपरिषदको निर्णय चाहिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर