मुम्बईमा आँधीबाट होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढलेर १४ जनाको मृत्यु भएको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको बीबीसीले जनाएको छ । मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् । त्यहाँ उद्धारको काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर