आइपिएल : वर्षाका कारण खेल रद्द

काठमाडौं । इन्डियन प्रिमियर लिगमा गएराति भएको खेल वर्षाका कारण रद्द भएको छ । गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो । लगातारको वर्षाका कारण टस पनि हुन सकेन । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अंक बाँडेका छन् । अंक बाँडेपनि शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि गुजरात प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातले १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अंक जोडेको थियो । कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अंक भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ । आइपिएलमा आज दिल्ली र लखनउ खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर