मन्त्री प्रदीप यादवको शपथ ग्रहण, कार्यभार स्वास्थ्य

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अशोक राई जनता समाजवादी पार्टीको तर्फबाट यादव स्वास्थ्यमन्त्री बनेका हुन् । उपेन्द्र यादवले राजीनामा दिएलगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त मन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिए।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रदीप यादव र हसिना खानलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार तोकेका हुन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर