आउँदो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आँकलन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ। राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे सोमबार आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले नेपालको अधिकांश स्थानमा सरदरभन्दा ३५.४ प्रतिशतदेखि ५५.४ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना रहेको बताए।

सुदुरपश्चिम प्रदेशको उत्तरी-पश्चिम भू-भाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भू-भाग, मधेश प्रदेशको मध्य भू-भाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना धेरै रहेको विभागले जनाएको छ। यी क्षेत्रमा सदरभन्दा ३५.४ प्रतिशतदेखि ६५.५ प्रतिशतसम्म बढी पानी पर्न सक्ने आँकलन छ। त्यस्तै, कर्णाली प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको मध्य भू-भाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भूभागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ। यससँगै न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५=४ प्रतिशत रहेको मौसमविद् हुमागाईंले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर