निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका छन् । आयोगले दलको न्यूनतम सर्त र प्रक्रियासमेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको रिटमा दाबी गरिएको छ ।

अध्यक्ष यादव स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा रहेका बेला पार्टीमा दोस्रो तहका नेता अशोक राईले आफ्नो नेतृत्वमा सात सांसद लिएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । निवेदन दिएको भोलिपल्ट नै आयोगले राई नेतृत्वको समूहलाई जसपा नामसहित नयाँ दल दर्ता गरेको थियो । दल विभाजनसम्बन्धी कानुन नै नभएको र नियमावलीका भरमा दल विभाजन गरिदिने आयोगको काम पूर्वाग्रह र राजनीतिक दबाब भएको रिटमा उल्लेख गरिएको छ । राजनीतिक दलसम्बन्धी नियमावलीका आधारमा नयाँ दललाई मान्यता दिएको निर्वाचन आयोगले जनाएको छ । यादवको रिटबारे आगामी जेठ २ गते छलफलका लागि तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर