जापानी कन्सोर्टियमद्वारा ६–जी प्रोटोटाइप उपकरण प्रस्तुत

काठमाडौं । जापानी कन्सोर्टियमले भर्खरै विश्वको पहिलो उच्च गतिको ६–जी प्रोटोटाइप उपकरण प्रस्तुत गर्‍यो। यसले १०० गिगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) को गतिमा ३३० फिटभन्दा बढी दूरीमा डाटा ट्रान्समिट गर्न सक्ने दाबी गरिएको छ । एक मिडिया रिपोर्टले बताउँछ कि यो गति अवस्थित ५–जी प्रोसेसर भन्दा २० गुणा छिटो छ, र यसको समग्र गति औसत ५–जी फोन गति भन्दा ६०० गुणा छिटो छ। रिपोर्टका अनुसार ६–जीको स्पीडमा तपाईंले एक सेकेन्डमा ५–एचडी चलचित्र डाउनलोड गर्न सक्नु हुनेछ।
यो प्रोटोटाइप उपकरण चार प्रमुख जापानी दूरसञ्चार फर्म डोकोमो, एनटीटी कर्पोरेशन, एनईसी कर्पोरेशन र फुजित्सुले संयुक्त रूपमा विकास गरेको हो। यी कम्पनीहरूले लामो समयदेखि यो उपकरणमा काम गरिरहेका थिए। कन्सोर्टियमले अप्रिल ११ मा सफल परीक्षण नतिजाहरू घोषणा गर्‍यो, प्रोटोटाइप उपकरणले १०० जीएचजेड ब्यान्ड प्रयोग गरेर १०० जीबीपीएस भित्री र ३०० जीएचजेड ब्यान्ड प्रयोग गरेर बाहिर १०० जीबीपीएसको गति हासिल गर्न सक्छ। कन्सोर्टियमका प्रतिनिधिहरूले जानकारी दिएअनुसार यी परीक्षणहरू ३३० फिट अर्थात् १०० मिटरको दूरीमा गरिएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर