गाजा पट्टीमा नयाँ क्रसिङ खोल्ने घोषणा

काठमाडौं ।  इजरायली सेनाले  प्रभावित गाजा पट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ । सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजाबिचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो । सेनाका अनुसार नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुद्रको किनार नजिक छ ।

इजरायली सेनाले गाजापट्टीको उत्तरमा सहायताका लागि मार्गहरू बढाउने प्रयासको रूपमा क्रसिङ निर्माण गरेको हो । उत्तरी गाजाको जबलिया क्षेत्रमा ठूलो मात्रामा कारबाही सुरु गरेको बताएको छ । यसले जबलियाबाट पश्चिमी गाजा शहरमा रहेको आश्रयस्थलमा सर्वसाधारणलाई खाली गर्न आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर