सट्टेबाजी अनिल ढुङ्गाना भक्तपुरबाट पक्राउ

काठमाडौं । प्रहरीले वनएक्स बेटलगायत अवैध सट्टेबाजी कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका २४ वर्षीय अनिल ढुङ्गानालाई सार्वजनिक गरेको छ ।

काभ्रेको मण्डनदेउपुर घर भएका उनलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विगत चार वर्षको अवधिमा दुई अर्ब एक करोड रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको बताइएको छ । उनले वनएक्स बेटलगायतका अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म प्रयोग गरी उक्त कारोबार गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर