कांग्रेस राष्ट्रपतिलाई सरकारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने रणनीतिमा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको विषयलाई लिएर राखेको माग उथावतर रहने निर्णय गरेको छ । बैठकले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई निरन्तरता दिने र आफ्नो माग पूरा नभए राष्ट्रपतिलाई सरकारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कठोर निर्णय गर्न वाध्य हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

प्रवक्ता डा. महतले भने, “हामीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेका छौं। यो मागमा पार्टी यथावत् नै छ । सरकारले संसदीय छानबिन समिति गठन गरेन भने मंगलबार पनि संसदमा अवरोध कायमै रहन्छ। सरकारले संसदीय समिति गठन गरेन भने वाध्य भएर हामीले राष्ट्रपतिलाई पनि सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट रोक्ने स्थिति आउँछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर